फेसबुकसँग मिलेर वल्डलिंकले फ्रि इन्टरनेट सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 09:12:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेशन्स र फेसबुक बीच सम्झौता भएको छ । वल्डलिंक कम्युनिकेशन्स र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने सम्झौता भएको हो ।

 

वल्डलिंकले बिहीवार जुम मार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको हो । जसमा वल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी गराएको छ । 


एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तरगत अहिले वल्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढि सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए । अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ’।

 

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।  उनले यसमा यूजर्ससँग रकम नलिने र विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने बताए  ।

 

फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले यस अभियानबाट धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने विश्वास व्यक्ति लिईएको बताए ।

उनले भने, “रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वल्र्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । हामी वल्र्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved