२५ देश सहभागी चौथो हिमालयन ट्राभल मार्ट सम्पन्न, पाटा नेपालका कार्ययोजना पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2023 | 10:34:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचौँ संकरण आगामी वर्ष जुन ४ देखि ७ सम्म काठमाडौँमा आयोजना गर्ने निर्णय सहित चौथो हिमालयन ट्राभल मार्ट सम्पन्न भएको छ। कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रीत सम्मेलनमा विभिन्न २५ मुलुकका ७०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्था तथा निजी क्षेत्रका व्यवसायीहरुको विशेष सहयोग तथा सहकार्यमा पाटा नेपाल च्याप्टर द्धारा आयोजना गरिएको चार दिने ट्राभल मार्ट नेपालमा पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित भएको टिप्पणी गरिएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाललद्वारा उद्घाटन गरिएको समारोहमा प्रचण्डले हिमालयन ट्राभल मार्टको चौथो संस्करण नेपाल सरकारले आतिथ्यता एवम् आयोजना गरेकोमा खुशी तथा गौरव व्यक्त गरे। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले उद्घाटन समारोहमा समापन मन्तव्य राख्दै मार्टमा सहभागी सबै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई स्वागत गर्न पाउँदा आफू खुसी भएको र ट्राभल मार्टले नेपालको पर्यटन सम्भाव्यता उजागर गर्दै विश्वभरका ट्राभल ट्रेड व्यवसायीहरूसँग सम्पर्क स्थापित गर्न उत्कृष्ट अवसर प्रदान गरेको र पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्यउने विश्वास व्यक्त गरे। 

राज्यमन्त्री सुशीला सिरपाली ठकुरिले नेपाल पर्यटनका लागि अथाह सम्भावनाको गन्तव्य भएकोले सरकारी तथा निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुले  एकजुट भएर प्रवद्र्धनमा जुट्नुपर्ने बताए।पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले उपस्थित सबै प्रतिनिधि तथा अतिथिहरूलाई हार्दिक स्वागत व्यक्त गर्दै पर्यटन प्रवद्र्धन, विस्तार र दिगो विकासका लागि पाटा नेपालको भिजन, मिसनहरू तथा कार्ययोजना पेश गरे। 

त्यसैगरी कार्यक्रममा लर्ड ब्रायन विल्की–मास्टर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर, पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष बेन्जामिन लियाओ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत मन्तव्य राख्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि आफ्नो विचारहरु व्यक्त गरे।

मार्टको उद्घाटन समारोहलाई ग्रीन च्वाडी नेचर रिट्रीटका थारु महिला समूह, तारकेश्वर भजन समूह, पाटा नेपाल स्टुडेन्ट च्याप्टर र सुरसुधा साँगितिक टोलीद्धारा प्रस्तुत मनमोहक सांस्कृतिक प्रस्तुतिले एक मनमोहक वातावरण सिर्जना गरेको थियो । उद्घाटन समारोह पश्चात प्रतिनिधिहरुलाई नेपाल पर्यटन बोर्डद्वारा आयोजित रात्रिभोजमा स्वागत गरिएको थियो 

जुन ७ मा “रिकनेक्टिङ, रिबिल्डिङ एन्ड रिइन्भिगोरेटिङ” भन्ने मूल नाराका साथ आयोजित हिमालयन ट्राभल मार्ट–२०२३ कन्फ्रेन्समा राष्ट्रिय र अन्तर्राष्ट्रिय अग्रणी एवं प्रभावशाली वक्ताहरुद्वारा अशल उड्डयन क्षेत्र, नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको सम्भावना, चिनियाँ यात्रुहरूको पुनर्रागमन, युरोपेली पर्यटकहरुको  यात्रा प्रचलन र नेपालका लागि पर्यटनका लागि अवसरहरू, सामुदायिक पर्यटन मार्फत दिगो पर्यटनको निर्माण, क्षेत्रीय पर्यटन सम्भाव्यताको प्रवर्द्धन, जलवायु परिवर्तन, दिगो पर्यटन, रेजिलियन्स, साहसिक पर्यटन र शिक्षामा नवीन अभ्यास लगायत विभिन्न समसामयिक विषयहरूमा आकर्षक छलफल र अन्तर्दृष्टि प्रदान गरिएको थियो । 

सोही दिन नेपाल पर्यटन बोर्डले दिवाभोजको आयोजना गरेको थियो भने साँझ केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टले पार्क भिलेज होटल एण्ड रिसोर्टमा अतिथि एवम् सहभागिहरुका लागि गाला डिनर रिसेप्सनको आयोजना गरेको थियो ।

यस वर्ष, जुन ८ र ९ मा आयोजित दुई दिने बीटुबी मार्ट(क्रेता–विक्रेता भेटघाट) कार्यक्रममा अमेरिका, युरोप, रसिया तथा सिआइएस, एशिया र यूएईराष्ट्रहरु बाट  ५० वटा क्रेता संस्थाहरु सहित नेपाल, श्रीलंका र भुटानका ४० वटा बिक्रेता संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमले सहभागीहरूलाई सम्पर्क सञ्जाल पुनः स्थापित गर्न र नयाँ व्यापार साझेदारी तथा नेटवर्किङ अवसरहरू विस्तार गर्न अवसर प्रदान गरेको छ । 

बीटुबी मार्टको क्रममा प्रतिनिधिहरूलाई नेवारी, मिथिला र थारु लगायतका विभिन्न परिकारहरु ग्रहण गर्ने अवसर तथा अनुभव प्रदान गरिएको थियो । जुन ८ मा साँझ दुसित राजकुमारी काठमाडौंले मार्टमा सहभागी प्रतिनिधिहरूका लागि विशेष रात्रिभोज  तथा मनोरञ्जन कार्यक्रम आयोजना गरेको थियो । 

जुन ८ मा, भोजन गृहद्वारा आयोजित रात्रिभोज र समापन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले  हिमालयन ट्राभल मार्ट २०२३ लाई उत्कृष्ट रूपमा सफल पार्न उल्लेखनीय भूमिका खेल्ने सबैलाई धन्यबाद दिए।  साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्ड सँग मिलेर पाचौँ हिमालयन ट्राभल मार्ट (एचटीएम २०२४) आगामी वर्ष जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरे। 

चौथो हिमालयन ट्राभल मार्टलाई भव्य रुपमा सफल पार्न विभिन्न साझेदार संस्थाहरु तथा निजी क्षेत्रका संस्थाहरूको उल्लेखनीय सहयोग रह्यो, जसमा एयर अरेबिया, श्रीलंकन एयरलाइन्स र बुद्ध एयरले एयरलाइन पार्टनरको रुपमा,  सिवेक हस्पिटल एन्ड ट्राभल मेडिसिन सेन्टरले हेल्थ पार्टनरको रुपमा, कम्युनिटी होमस्टे नेटवर्कले कम्युनिटी टुरिजम पार्टनरको रुपमा सहयोग गरेका थिए । 

 त्यसैगरी अफिसियल होटल तथा कार्यक्रम स्थल साझेदार– होटल याक एण्ड यती र होटल अन्नपूर्ण, अफिसियल सपोर्टिङ पार्टनर–भिजा, ट्राभल इन्सुरेन्स पार्टनर–एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड र अन्य सहयोगी साझेदारहरूमा मनकामना दर्शन प्रा. लिमिटेड र एडभेन्चर टुर अपरेटर्स एसोसिएसन अफ इन्डियाले समेत सहयोग सहकार्य प्रदान गरेका थिए । 

मार्टको सफल आयोजनाका लागि आवश्यक महत्वपूर्ण आवास व्यवस्थापनका लागि केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट, कान्तिपुर टेम्पल हाउस, भोजन गृह, ट्रेडिशनल कम्फर्ट, द नानी, रोयल पेन्गुइन बुटिक होटल, आगन्तुक रिसोर्ट, ¥याडिसन होटल काठमाडौं, दुसित प्रिन्सेस, होटल बाराही, होटल सरोवर, होटल तिब्बत इन्टरनेश्नल, र होटल ल्यान्डमार्क चितवन लगायतले हस्पिट्यालिटी पार्टनरहरुको रुपमा सहयोग गरेका थिए । 

यसबाहेक, हिमालयन ट्राभल मार्ट २०२३ लाई  वल्र्ड टुरिजम नेटवर्कले स्ट्राटेजिक पार्टनरको रूपमा र  हाई ग्राउन्ड एडभेन्चर नेपालले एडभेन्चर पार्टनरको रूपमा सहयोग गरेका थिए । 




 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved