
९ महिनामा ७ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना विदेशी पर्यटन नेपाल आएका हुन् ।
नेपाल पर्यटन बोर्डका अनुसार यो भनेको सन् २०१९ अर्थात् कोरोना अघिकै अवस्थामा पुगेको छ । ७ महिनामा भित्रिएका पर्यटकको तथ्यांक अनुसार औसतमा मासिक ७६ हजार ९३० रहेको छ ।
२०२३ को सेप्टेम्बरमा मात्रै ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन् । पर्यटन सिजन सुरु भएकाले अब पर्यटक आगमन बढ्ने अपेक्षा लिइएको छ ।