होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच पर्यटन प्रवर्दन सम्बन्धी छलफल सम्पन्न भएको छ । बिहीबार भएको छलफलमा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरु प्रस्तुत गरे ।
उक्त छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताए ।
उक्त भेटघाटका क्रममा प्रचूर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगतमा पु¥याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भयो ।
यसैबीच काठमाडौं महानगरपालिका र होटल संंघ नेपालको पर्यटन प्रवद्र्धनको संयुक्त वैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा काठमाडौं महानगरपालिकाका प्रमुख शाहले महानगरपालिका सकारात्मक रहेको बताउँदै पर्यटन प्रवद्र्धनमा कामनपाले तयार पारेका विभिन्न कार्यक्रमहरु नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरे ।
उक्त अवसरमा संघका महासचिव साजन शाक्यले उपस्थिति जनाउँदै आफ्नो धारणा प्रस्तुत गरे ।