
पर्यटन विभागले पर्वतारोहणमा जाँदा तोकिएभन्दा धेरै शुल्क नबुझाउन आग्रह गरेको छ । पर्वतारोहणमा जाँदा अत्याधिक शुल्क बुझाउनुपर्ने भन्दै उजुरी परेपछि विभागले सबै व्यवसायीलाई यस्तो सर्कुलर जारी गरेको हो ।
‘पर्वतारोहण सञ्चालक संघ नेपाल’ नामक संस्थाले प्रतिआरोही ४० हजार रुपैयाँ बुझाउन व्यवसायीलाई पत्राचार गरेको उजुरी परेपछि विभागका महानिर्देशक डण्डुराज घिमिरेले रकम नबुझाउन आग्रह गरेका हुन् । पर्वतारोहण सञ्चालक संघले विभागको निर्देशन भन्दै व्यवसायीलाई आरोहणमा जानुअघि नै ठमेलस्थित संस्थाको कार्यालयमा रकम बुझाउन पत्राचार गरेको थियो ।
गतवर्षहरुमा भन्दा यसवर्ष शुल्क वृद्धि गरी बुझउान भनृपछि व्यवसायीले अपत्ति जनाउँदै विभागमा उजुरी दिएका थिए ।