
अन्नपूर्ण आधार शिविरमा अत्याधिक हिउ परेपछि ट्रकिङ बन्द भएको छ । आधार शिविर र आसपासका क्षेत्रमा हिउँले होटल लगायतका पूर्वाधार पुरेपछि ट्रेकिङ जाने पर्यटकका लागी ट्रकिङ बन्द भएको हो ।
ट्रेकिङ एजेन्सिज् एसोसिउसन अफ नेपाल (टान) ले आफ्ना सदस्यहरलाई सो क्षेत्रमा पदमार्गमा तत्काल नजान र पर्यटकलाई नलैजान अपिल गरेको छ । अन्नपूर्ण आधार शिविरमा रहेका चार वटा होटल पूर्ण रुपमा हिउँले पुरिएका छन् ।
माछापुछ्रे आधार शिविर केही सुरक्षित भएपनि त्यसक्षेत्रका मानिस पोखरा आएर बसेका छन् । देउरालीका पनि दुई ओटा होटल पूर्ण रुपमा क्षतिग्रस्त छन् । टानले मौसममा सुधार नभएसम्मका लागी पर्यटकीय गतिविधि नगर्न आफ्ना सदस्यहरुलाइृ सचेत गराएको छ । अन्नपूर्ण आधार शिविर पूर्ववत् अवस्थामा सूचारु हुन अझै १० देखी १५ दिन लाग्ने अनुमान गरिएको छ ।
यसैबीच मार्दी हिमालको ट्रेकिङ पनि बन्द भएको छ । हिउ धेरै परेपछि ट्रेकिङ बन्द भएको हो । मनाङ, तिलिचो लगायतका क्षेत्रमा जानेहरुलाई पनि सचेत रहन टानले भनेको छ । टानका मिडिया विभागका प्रमुख गोपाल श्रेष्ठका अनुसार हिउको ओभर फ्लो रोकिएपनि टानले सुचना जारी गरेरै जानकारी दिनेछ ।