मन्त्री भट्टराईको उद्घोष, ‘सन् २०२१ हाम्रा लागि आन्तरिक भ्रमण वर्ष’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 04:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाईने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताएका हुन् ।

नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्ब विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘अब बल्ल कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ । खोप सुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’

आन्तरिक पर्यटन प्रवद्र्धन गर्नकै लागि दुई दिने विदाको अवधारणा ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको बताएका छन् । 

‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ । सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौं’ उनले भने, ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिदै जाँदा सफल पनि हुन्छ । हामी अझै विज्ञहसँग छलफल गर्छौ, उचित निष्कर्ष निस्कियो भने अरु विदा कटौती गरेर पनि यो अवधारणा लागू गर्न सकिन्छ ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानद्धारा प्रस्तुत कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्धय बुदिसागर लामिछाने, कोमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा. विजय पौडेलले टिप्पणी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved