होटल अन्नपूर्ण बन्दः पर्यटन उद्योगको एउटा दुःखद अवसान !

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 22, 2020 | 04:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको दरबारमार्गमा सञ्चालित पाँचतारे होटल डेला अन्नपूर्ण बन्द हुँदैछ । ५५ वर्षको इतिहास बोकेको यो होटल कोरोना भाइरसको संक्रमणका कारण थला परेको थियो । लकडाउन अन्त्य भएपनि ८ महिना लामो अवधिमा ब्यहोरेको अािर्थक भारका कारण होटल डिसेम्बर लगत्तै बन्द हुने पक्का भएको होटल व्यवस्थापनले जनाएको छ । 

कारण के ?

होटल एसोसियसनकी अध्यक्षसमेत रहेकी सिर्जना राणा अन्नपूर्ण होटलकी सञ्चालिका हुन् । उनले खर्च धान्न नसक्ने अवस्था आएका कारण होटल बन्द गर्नुपरेको बताएकी छिन् । पर्यटन क्षेत्र सन् २०२१ सम्ममा पनि चलायनमान नहुने देखिएकाले खर्च धान्न ऋण गर्नुपर्ने अवस्था आउने भएपछि होटल बन्द गर्ने कठोर निर्णय गर्नुपरेको राणाको भनाई छ ।

अहिले हुँदै आएको सामान्य आम्दानीले ३६० जना कर्मचारीको खर्च धान्न नसकिएको उनले गुनासो गरेकी छिन् । ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटल अन्नपूर्णले कर्मचारीहरुलाई हालसम्मको तलब, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतमा रहेका सुविधा दिएर बिदा गर्ने गरिएको होटल व्यवस्थापनले जनाएको छ ।

पर्यटन उद्योगको दुःखद अन्त्य

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन क्षेत्रले अकल्पनीय क्षति ब्यहोरिरहने आँकलन भईरहेका छन् । होटल अन्नपूर्ण बन्दले होटल र हवाई उडान क्षेत्रले कोरोनाबाट ब्यहोरेको सास्तीको उदाहरण देखाएको भन्ने कोणबाट टिप्पणी हुन थालेको छ ।

तारे होटलहरु विदेशी पाहुना आउँदा मात्रै चल्ने भएकाले अहिले तत्कालै त्यो सम्भावना नदेखेपछि होटल बन्द गर्नु परेको पर्यटन व्यवसायीले बताएका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रुपमा लिईने पर्यटन क्षेत्र तत्काल चलायमान नहुने भएपछि सरकारले पर्यटन उद्योग टिकाउन कुनै कसरत नगर्दाको परिणाम होटलमा देखिएको पर्यटन विषयका अध्यापक विष्णु खनालको बुझाई छ ।

कोरोनाले पर्यटनमा परेको प्रभावलाई न्युनिकरण गर्नुको सट्टा मूलुकका अनावश्यक राजनीति नाटकको मञ्चन हुन थाल्नु दुखद भएको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । अन्नपूर्ण होटलबाट सुरु भएको बन्दको शिलशिला २०२१ मा अझै बढेर जाने व्यवसायीहरुको चिन्ता छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved