घुमौ पुर्व प्रदेश नम्वर १ अभियान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 03:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर १ का पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन अभियान सञ्चालन गरेका छन् । घुमौ पुर्व प्रदेश नम्वर १ भन्ने मुख्यः नारासहित १३ सदस्यीय टोलीले माघ १० गते जनकपुरबाट उक्त अभियान सुरु गरेका हुन् । 

प्रवद्र्धकका रुपमा पर्यटन बोर्ड तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् (नाटा) १ नम्वर प्रदेश तथा होटल संघ नेपाल पूर्व शाखाको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन, पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीहरूबीच छलफल गर्नेछन् । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचलित ब्यवसायी ब्यवसायी बीचको ब्यवसाय प्रबद्र्धन गरिने छलफल बिटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा ब्यापक बनाउने उद्देश्यले उक्त अभियान आयोजना गरिएको बताउँछन् ।   

उक्त अभियान अन्तरगत एकआपसमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकास, प्रवर्द्धन र प्रचार प्रसार विषयमा सम्वद्ध व्यवसायीहरूबीच छलफलहरुको हुनेछ । यसैगरी, ब्यवसायहरुबीच सहकार्य गराई आन्तरिक पर्यटकका लागि भ्रमण प्रबद्र्दनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको छ । 

टोलीमा नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमप्रसाद भट्टराई, आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठ, नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, अभियानका सहसंयोजक वासुदेव बराल, विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका होटल व्यवसायी जीवन पराजुली लगाएतकाहरुको सहभागिता रहेको छ । बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पाहुँदै माघ १५ मा लुम्बिनीमा सम्पन्न हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved