सगरमाथा आरोहण गरेको चार वर्षपछि प्रमाणपत्र रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 10:40:55 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई भारतीय नागरिकलाई प्रदान गरिएको सगरमाथा आरोहणको प्रमाणपत्र चार वर्षपछि रद्द गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमाणपत्र दिईएको चार वर्षपछि गत सोमबार उक्त प्रमाणपत्र रद्द गरेको हो । 

मन्त्रालयले भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहरण गरेको भनी झुठा विवरण पेश गरेको प्रमाणित भएपछि उनीहरुलाई दिईएको आरोहण प्रमाणपत्र रद्द गरेको हो । 

मन्त्रालयले आरोहण प्रमाणपत्र रद्द गर्दै दुई भारतीय नागरिकलाई आरोहण गरेको समयदेखि ६ वर्षसम्म (सन् २०१६ को वसन्त ऋतुदेखि) आरोहणमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३३ वमोजिमको शर्त पुरा नगरी पर्वतारोहण प्रमाणपत्र लिएको देखिँदा उक्त पर्वतारोहण प्रमाणपत्र रद्ध गर्ने, निजहरुलाई पर्यटन ऐन, २०३५ को दफा ३८ वमोजिम ६ वर्षसम्म सगरमाथा हिमाल आरोहणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । 

यसैगरी, मन्त्रालयले आरोही सगैँ आरोहण दलका नेता भारतीय नागरिक नवकुमार पुकोनलाई पर्यटन ऐन, २०३५ को दफा ३८ बमोजिम सगरमाथा आरोहण गरिएको मितिले ६ वर्षसम्म पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

पर्वतारोहणको जिम्मा लिएको नेपाली कम्पनी सेभेर समिट ट्रेक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने र सगरमाथा आरोहण नगरेका नरेन्द्र सिंहलाई सगरमाथा आरोहण गरेका हुन भनि २०७७ पुस ९ गते झुठा कागज गरिदिने क्लाइमिङ सहयोगी शेर्पा डा दावा शेर्पालाई १० हजार रुपैयाँ जरिवाना गर्ने मन्त्रालयले निर्णय गरेको छ । 

साथै उक्त टोलिको सम्पर्क अधिकृत (लियाजन अफिसरका रुपमा गएका) पवन कुमार घिमिरेको हकमा कर्तव्य पूरा नगरेको एवम निजामति सेवा ऐन अनुसार चेतावनी दिने समेत मन्त्रालयले निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved