कोरोनापछि पहिलो अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धनमा जाँदै पर्यटन बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 04:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महमामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मासहभागिता जनाउने भएको छ । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुनेछन् । 

पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए । 

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं’ उनले भने ।

साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने सिइओ रग्मीले जानकारी दिए । पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ । 

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीतिसमेत बनाएको सीईओ डा. रेग्मीले बताए । भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो । 

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved