कोरोनाले बन्द रहेको चोभारको हुप्पी ल्यान्ड सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 04:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । उक्त स्थान चैत्र १४ गते शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

एक अर्बभन्दा बढीको लागतमा स्थापना भएको उक्त ठाउँ कोभिड—१९ का कारण सञ्चालनमा आउन सकेको थिएन । सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिएका छन् । 

उनले भने, ‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्ने लगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं ।’ 

पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्था पनि गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved