‘कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका लागि ‘सेक्टर’ अनुसार ‘टाक्स फोर्स’ बनाऊँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 04:40:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण थलिएको व्यवसायिक क्षेत्रमध्येमा सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको पर्यटन क्षेत्रले सरकारसँग सहुलियतको अपेक्षा गरेको छ । काठमाडौँ लिभिङ ल्याबले पर्यटन सम्बद्ध व्यवसायीसँगको सहकार्यमा गरेको अध्ययनका क्रममा व्यवसायीहरुले ‘सेक्टर वाइज’ टाक्स फोर्सको माग गरेको पाईएको छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सरकारले ल्याउने सहुलियतका कार्यक्रम लागू गर्न सेक्टर अनुसार छुट्टा छुट्टै टाक्स फोर्सको माग बढी रहेको बताएका छन् । 

‘एउटै संयन्त्रले राम्रोसँग काम गर्न नसकेको विगतको उदाहरण हेरेर यसपाली भने सेक्टरल टाक्स फोर्स बनिदिए हुन्थ्यो भन्ने धेरैको माग छ’ जोशी भन्छन्, ‘गत वर्ष जेठमा बजेट आउँदा घोषणा भएका कार्यक्रम लागू गर्न मंसिरसम्म कार्यविधि नबनेको अवस्था थियो, यसपाली त्यसो हुन नदिन बजेटबाटै सेक्टर अनुसारको टाक्स फोर्सको घोषणा भयो भने आएका कार्यक्रम लागू हुन सक्ने थिए ।’

ट्राभल, होटल, पर्वतारोहण लगायत पर्यटनसँग जोडिएका व्यवसायमा परेको प्रभाव न्युनिकरणका लागि बजेटमार्फत राम्रो सहुलियत आउने आशामा रहेका व्यवसायीहरुले होटलको सहुलियत कार्यान्वयन गर्न छुट्टै, ट्राभलको सहुलियत योजना कार्यान्वयन गर्न छुट्टै र पर्वतारोहण, र्याफ्टिङ जस्ता व्यवसायको सहुलियत कार्यक्रम लागू गर्न बढीमा ४ जनाको सानो टाक्स फोर्स गठन हुनुपर्ने माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved