पर्यटन व्यवसायीले मन्त्रीलाई भने, ‘पीसीआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइनमा नराखौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 12:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्त रूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुन सुरुवातका लागी खोप मात्रै एक विकल्प रहेको बताउँदै सङ्गठनहरुले छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन राज्यमन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका हुन ।

नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीहरुले खोपको मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पीसीआर गराई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेपनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुन सुचारु गर्नुपर्नेमा व्यवसायीहरुको जोड छ । 

त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्यासँग आफू जानकार रहेको र व्यवसायी तथा श्रमिहरुलाई खोप लगाउन कसरत गरिरहेको बताए । क्वारेन्टाइनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केही दिन भित्रमा नै निर्णय गरेर सूचना निकालिने उनको भनाई छ ।

पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिने समेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । विशेष पर्यटकिय गन्तव्यका स्थलका सर्वसाधारणहरुलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकिय गन्तव्यहरुलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको मन्त्री श्रेष्ठको भनाई छ ।

पर्यटन क्षेत्रसँग आबद्द यी संस्थाहरुले बारम्बार क्वारेन्टाइन हटाउनुपर्ने माग र खोपको माग गर्दै ज्ञापपत्र बुझाउँदै आएका छन् तर कुनै पनि मन्त्री तथा मन्त्रालय र सरकारले सकारात्मक निर्णय गरेको छेन ।

सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरु खुलेनन् भने पर्यटन व्यवसायीहरु पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यस क्षेत्रबाट रोजगारी पाएका जनशक्तिसँगै सबैको लगानी नै खतरामा पर्ने टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताए ।

नाटाका अध्यक्ष अच्युत गुरागाईंले व्यवसायीहरु सूचनाबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेको कुरा जानकारी गराउँदै सीसीएमसीको टिममा एक जना पर्यटन व्यवसायीलाई समेटिदिन आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved