होटल संघ र पर्यटन बोर्डबीच भएको सम्झौता कार्यान्वयन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 03:36:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसबाट अति प्रभावित होटल क्षेत्रबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याईएका कार्यक्रम कार्यान्वयनका लागि होटल संघ नेपाल र पर्यटन बोर्डबीच भएको सम्झौता कार्यान्वयन सुरु भएको छ । 

बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जिविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कोभिड–१९ का बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमको कार्यान्वयका लागि हान र बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा शुभारम्भ कार्यक्रम सकिएको छ ।

उक्त कार्यक्रममा हानका प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको सराहना गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए । उनले यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि जानकारी गराए । 

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा सदस्य श्रीराम राईले कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाए । 

कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, ट्रेड युनियनको तर्फबाट वंशी भट्टराईले आफ्नो धारणा राख्नुभयो भने संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाहले श्रमिकहरुलाई सावेल उपलब्ध गराई कार्यक्रमको शुभारम्भ गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved