भन्सारका कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओ निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 07:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको शुक्रवार बसेको बैठकले सीईओ रेग्मीमाथि छानविन गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका हुन् ।

पर्यटन मन्त्रालयका सचिवसमेत रहेका बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सीईओ रेग्मीमासथ छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । समितिका २ सदस्य मन्त्रालयले तोक्ने छ । 

सीईओ रेग्मीले बेलायतबाट फर्किँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । यो विषयमा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । 

छानविन समितिले १५ दिनभित्र आवश्यक अनुसन्धान गरेर प्रतिवेदन बुझाउनेछ । त्यतिन्जेल उनी निलम्वनमा पर्नेछन् ।

कार्यवाहक सीईओको जिम्मेवारी नन्दिनी लाहे थापाले पाएकी छन् । 

रेग्मीले विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याएको र भन्सारका कर्मचारीले सोधखोज गर्दा हातपात गरेको भिडियो सार्वजनिक भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved