पर्यटन बोर्डका सीईओप्रति मन्त्री आलेको कटाक्ष, ‘यस्तो साँढेबाट बोर्ड चल्दैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 02:05:32 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई ‘साढे’को संज्ञा दिएका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले डा. रेग्मी बोर्डको सीईओ रहेसम्म बोर्डले प्रगति गर्न नसक्ने दाबी गरेका छन् । 

‘धेरै रिसाउनुभो जाउँ रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?’ आलेले प्रश्न गर्दै भने । 

उनले सीईओ रेग्मीले आफूलाई जबर्जस्ती बेलायत लगेको र त्यहाँ अपमानित भएको पनि बताए । 

‘म जाँदै जान्न भन्दा जबर्जस्ती लग्यो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले, लण्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले स्मरण गर्दै भने, ‘म देशको मन्त्री, जनताले छानेर आएको, लन्डनमा गएर बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सीईओ बनाईराख्यो भने बोर्ड चल्छ ?’

बेलायतबाट फर्किँदा तोकिएको भन्दा बढी रक्सि लिएर आएको विषयमा सीईओ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हात हालेपछि डा. रेग्मी विवादमा परेका थिए । उनी पुस  २ गते निलम्बनमा परेका थिए ।

तर, सर्वोच्च अदालतले निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved