टानको चुनाव भोली, ८ बजे उद्घाटन कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 03:18:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को निर्वाचन भोली हुँदैछ । सोमबार बिहान होटल हायातमा उद्घाटन हुने टानको साधारणसभा पश्चात बन्द सत्र र निर्वाचन हुनेछ ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने उद्घाटन सत्रमा बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ विशेष अतिथि रहने टानकी महासचिव सरिता लामाले जानकारी दिईन् । 

निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरु मिलेका छन् । यी ३ दल निकट व्यवसायीहरुले निलहरि बाँस्तोलाको अध्यक्षतामा प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । 

माओवादी केन्द्र निकट व्यवसायीको तर्फबाट कमल सापकोटा अध्यक्षका प्रत्याशी छन् । 

त्यस्तै, स्वतन्त्र व्यवसायीको प्रतिनिधित्व गर्दै बोधराज भण्डारीले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved