‘एक नेपाली एक पर्यटक’ रणनीति बनाउन चेम्बरको सुझाव, पर्यटकलाई भिषा सहज बनाउने मन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 09:03:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । 

सुझाव पत्र पेश गर्दै चेम्बरका अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ ।’ 

मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधी बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । 

नेपालका महत्वपुर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनी, लगायतका क्ष्ँेत्रको अन्तराष्ट्रिय स्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उनको भनाई छ । 

राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । 

नेपालको हवाई क्ष्ँेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराती समक्ष आग्रह गरे । यसैगरि नेपाल वायुसेवा निगम र अन्तराष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाईन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्व शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 

विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उनको सुझाव छ ।

अध्यक्ष मल्लले थपे, ‘भारतीय पर्यटकले नेपाल आउ“दा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले बान्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तिमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ, ।’

मन्त्री किराती समक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिषा शुल्क मिनाहा गर्नुपर्ने पनि बताएका थिए ।

चेम्बर पदाधिकारीसंगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधी बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिषा सहज बनाउने योजना बनाईरहेको जानकारी गराए ।

मन्त्री किरातीले भने, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिषा शुल्क देखि हवाई भाडासम्म निकै महङ्गो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण शुरु गरेको छु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved