पर्यटकको बसाई लम्ब्याउन राष्ट्रपतिले सरकारलाई दिइन् यस्तो ‘टिप्स’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 03:48:41 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विदेशी पर्यटक भित्र्याउन र उनीहरुको बसाई लम्ब्याउन सरकारलाई ‘टिप्स’ दिएकी छिन् । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विदेशी पर्यटक भित्र्याएर विदेशी मुद्राको आर्जन गरी देशलाई समृद्ध बनाउन अभियान चलाउनुपर्ने बताइन् ।

उनले विदेशी पर्यटक भित्र्याएर मात्रै नहुने भन्दै उनीहरुको नेपाल बसाई सकेसम्म लामो बनाउने गरी नेपालको पर्यटन प्रवद्र्धन अभियान चलाइनुपर्ने बताइन् ।

‘पर्यटकको बसाई लम्ब्याउन गुणस्तरी सेवाको उपलब्धतामा ध्यान दिनु जरुरी छ’ उनले भनिन्, ‘नयाँ नयाँ गन्तव्यको पहिचान गर्नुपर्छ, त्यस्ता गन्तव्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्यापक प्रचार प्रसार गर्नुपर्छ ।’

राष्ट्रपति भण्डारीले नेपाल आउन चाहने विदेशी पर्यटकलाई नेपालमा सहजै आउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै ‘पर्यटकलाई सहज पुहँच दिनुपर्छ’ भनिन् ।

उनले पर्यटन पूर्वाधारको विकास र स्तरोन्नतिमा पनि ध्यान दिनुपर्ने बताइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved