हर्ट्जको सेवा नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 03:58:31 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा ख्याती प्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।

ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले मलेशियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग यो सहकार्य पछि काम गर्ने जनाइएको छ । 

साझेदारी पछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ । यो सुविधा अनुसार अव नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्ने छन् ।  

हर्ट्जका एसिया प्रशान्त उपाध्यष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् ।

यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने ‘हर्ट्जको प्रतिनिधि भएको  काम गर्न पाउँदा उत्साहित छौं, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ । हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ, नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधान त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुने छ ।’

प्रेसिडेन्ट ट्राभल एण्ड टूर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ । 

हर्ट्ज के हो त ?

ग्लोबल होल्डिङ्स अन्तर्गत रहेको हर्ट्ज संस्थानले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एशिया, अष्ट्रेलिया र न्यूजील्याण्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्रिफ्टी ब्राण्डहरू मार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । हर्ट्ज संस्थान संसारभरमै यस प्रकारले सवारी भाडामा उपलब्ध गराउने ठूलो कम्पनीहरूमध्ये एक हो । हर्ट्ज ब्राण्ड विश्वव्यापी रूपमै अधिक लोकप्रिय रहेको हो । 

यस अतिरिक्त हर्ट्ज संस्थानले केही विशिष्ट बजारहरूमा फायरफ्लाई कार रेन्टल, एस रेन्टल कार्स र हर्ट्ज २४÷७ मार्फत थप सेवा दिँदै आएको छ र अस्ट्रेलिया र न्यूजील्याण्डमा फ्लेक्सिकार कार–साझेदारी व्यवसाय पनि सञ्चालन गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved