‘अनुमति नलिई बन्जी र जिप फ्लाइङ जस्ता पर्यटकीय पूर्वाधार नबनाउनू’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2023 | 03:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन विभागले इजाजत नलिई साहसिक पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन दिएको छ । विभागले दर्ता नगरी वा इजाजत नवीकरण नगरी बन्जी जम्पिङ, स्विङ, जिप फ्लाइङ जस्ता पर्यटकीय पूर्वाधार नबनाउन र सञ्चालन नगर्न निर्देशन दिएको हो । 

पछिल्लो समय बन्जी जम्प, स्विङ, क्यानोनिङ, जिप फ्लाइङ, प्याराग्लाइडिङ, स्काइ डाइभिङ, स्काइ वाक, हाइ रोप्स, अल्ट्रालाइट लगायतका साहसिक खेलजन्य पर्यटकीय गतिविधिमा लगानी बढेपछि जोखिम पनि बढेको संकेत गर्दै विभागले यस्ता गतिविधिहरु सञ्चालन गर्दा दर्ता गरेर इजाजत लिन भनेको हो । 

दर्ता नगरी वा इजाजत नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा जरिवाना असुल्ने विभागको चेतावनी छ । 

सूचनाः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved