११२ जना महिलाले लिए ट्रेकिङ गाईड तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 05:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)सँगको सहकार्यमा काठमाडौंमा महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क टे«किङ गाईड तालिम सम्पन्न भएको छ । तालिममा सातै प्रदेशका २५ जिल्लाबाट ११२ जना प्रशिक्षार्थीहरूको  सहभागिता रहेको थियो । 

तालिमको समापन पछि आयोजित प्रमाणपत्र तथा टे«किङ गाईड स्रोत पुस्तिकाको विमोचन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालीमले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

‘पर्यटनमा यसैपनि दक्ष जनशक्ति अभाव छ । त्यसमा पनि महिला सहभागिता झनै कम छ । यो अवस्थामा महिलाहरूलाई तालिम दिन सकिए यो दीगो हुनाको साथै पर्यटन क्षेत्रमा महिला सहभागिता  समेत बढ्ने अपेक्षा हामीले गरेका छौं । साथै  यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना हुनेछ’ उनले भने । 

यस्तै युएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिमले पर्यटन क्षेत्रमा महीला सहभागिता अभिवृद्धि हुने बताए । उनले आगामी दिनमा पनि बोर्ड संगको सहकार्यमा यस्ता तालिम सञ्चालन गर्न सकिने बताए । 

सो अवसरमा नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको जानकारी दिए । 

यस्तै नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान ९एनएमए० का कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाईले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए । 

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहको र भइरहको जनशक्ति पनि पलायन भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले जनशक्ति विकासमा टेवा पुग्ने अपेक्षा गरेको बताए । 

देशैभरीबाट सहभागिताको लागि आह्वान गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागि हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरि दुई चरण तालिम सम्पन्न गरिएको एसटीएलआरपीका जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए । 

कार्यक्रमकै अवसरमा टे«किङ गाईड सम्बन्धि स्रोत पुस्तिकाको समेत विमोचन गरिएको थियो । स्रोत पुस्तक टे«किङको क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्नेहरुका लागि समेत सहयोगी हुने एनएमएका प्रशिक्षक हिमाल पण्डितले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved