विमानस्थल जानै लाग्दा प्रचण्डले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 10:33:32 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिएको छ। प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड' को निर्देशनमा परराष्ट्र मन्त्री विमला राईको जेनेभा भ्रमण अन्तिम समयमा रोकिएको हो। 

मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा मन्त्री राई जेनेभाका लागि जाने तयारी थियो। दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो। 

अधिकारीकाअनुसार दिउँसो साढे ३ बजेतिर मन्त्री राई विमानस्थल जाने तयारीमा रहेका बेला मुख्यसचिव मार्फत भ्रमणमा नजानलाई फोन आएको हो। भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे सचिवालयलाई कुनै जानकारी नदिइएको अधिकारीले बताइन्।  

यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन्। परराष्ट्र मन्त्री विमला पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन्।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री पौड्यालले पत्रकार सम्मेलनमा बताएकी थिइन्। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्वीपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालले पत्रकार सम्मेलनमा भनेकी थिइन्।

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved