बढे नेपाल आउने पर्यटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 03:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी पर्यटकको आगमन बढ्दो क्रममा देखिएको छ । नेपाल पर्यटन बोर्डको फेब्रुअरी महिनाको तथ्यांकअनुसार विभिन्न देशबाट ७३ हजार २५५ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

गत वर्षको फेब्रेअरीमा जम्मा १९ हजार ७ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका थिए । 

यसपालीको फेब्रुअरीमा नेपालमा आउने पर्यटकहरुमध्ये धेरैजसो भारतीय छन् । भारतबाट मात्रै १८ हजार ४ सय १ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ७ हजार ८ सय ८७ जना, थाइल्यान्डबाट ४ हजार ८ सय २ जना, बेलायतबाट ४ हजार ३ सय ४५ जना र दक्षिण कोरियाबाट ३ हजार २ सय ४६ जना पर्यटक नेपाल आएका छन् ।

त्यस्तै, अस्ट्रेलियाबाट २ हजार ९ सय ६९ जना, चीनबाट २ हजार २ सय ६६ जना, म्यानमारबाट २ हजार २ सय ३२ जना, श्रीलंकाबाट २ हजार १ सय ७५ जना र जर्मनीबाट २ हजार १ सय ८ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकले देखाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved