चितवनमा प्याराग्लाइडिङ्ग सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 12:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनमा आजदेखि प्याराग्लाइडिङ उडान सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान सुरु भएको हो । 

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यवसायिक उडान थालेको हो । कम्पनीका सञ्चालक शालिक दवाडीका अनुसार औपचारिक उद्घाटन पछि गर्ने गरी नयाँ वर्षको दिन पारेर आजबाट व्यवसायिक उडान सुरु गरिएको हो । 

चितवनको चौकीडाँडाबाट उड्ने प्याराग्लाइडिङ तनहुँको देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।

यहाँ प्याराग्लाइडिङमा उड्न ८ हजार शुल्क तोकिएको छ । व्यवसायिक उडानको सुरुवातको क्रममा २ हजार छुट दिइएको छ । 

अहिले १० जना पाइलट राखेर उडान थालिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved