अंग्रेजी नयाँ वर्षका लागि देशभरीका होटलमा ९० प्रतिशत बुकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 10:41:00 AM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा काठमाडौँ, पोखरा, चितवनसहित देशका विभिन्न स्थानमा रहेका होटलहरुले राम्रो बुकिङ पाएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक तथा विदेशी पर्यटकहरु गन्तव्यसम्म पुग्ने क्रम नै सुरु भइसकेको र होटलहरुका झण्डै ९० प्रतिशत कोठा बुकिङ भइसकेको व्यवसायीहरुले बताएका छन् ।

काठमाडौँको ठमेलमा ठमेल पर्यटन विकास परिषदले ‘न्यू इयर इभ २०२४’ मनाउँदैछ । यससँगै, पोखरा, चितवन, बन्दीपुर, धुलिखेल, नगरकोट लगायतका ठाउँमा रहेका होटलमा पर्याप्त बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । होटल संघ नेपाल (हान)ले पनि कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडीकै तुलनामा नयाँ वर्षका लागि होटलहरु बुक भएको जनाएको छ ।

हानका अध्यक्ष विनायक शाहका अनुसार कोभिडपछि यसपाली अंग्रेजी नयाँ वर्षमा होटलहरुले राम्रो बुकिङ पाएका छन् । साथै, विदेशी पर्यटकको संख्या पनि बढेको र आन्तरिक पर्यटकहरुका लागि घुमफिरको सिजन पनि भएकाले होटलको ‘अकुपेन्सी’ उत्साहजनक रहेको अध्यक्ष शाहले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved