पाथीभरामा केवलकार बनाउने वातावरण निर्माण गर्न निजी क्षेत्रद्वारा संयुक्त अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 03:20:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् । 

ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् । 

अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यस क्षेत्रको विकासमा थप योगदान गर्नुपर्ने समय आएको उल्लेख छ । 

विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ । पाथीभरा मुकुम्लुङमा बर्षेनी करिब ३ लाखको सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन् । यो सङ्ख्यामा गुणात्मक वृद्धि गरेर ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएकाले केवलकार निर्माणलाई गति दिन पनि सरोकारवालाहरुलाई  निजी क्षेत्रले आग्रह गरेका छन् । 

अर्बौ रुपैयाँको लगानीमा निर्माण हुने चरणमा रहेको पाथीभरा केवलकारले ताप्लेजुङको आर्थिक विकासमा ठुलो योगदान दिने निजी क्षेत्रको विश्वास । यसबाट स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारको सिर्जना हुने, जिल्लाको पर्यटन प्रवद्र्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवद्र्धनमा सहयोगी हुने उद्योगी व्यवसायीको भनाइ छ ।

यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूति सहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको बुझाइ रहेको पनि अपिलमा उल्लेख गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved