पोखरा देशकै ‘पर्यटन राजधानी’ घोषणा हुँदै, पोखराका यी क्षेत्र अब २४सैँ घण्टा खुला हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 09:49:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कास्कीको पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गर्न लागिएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरालाई आज एक कार्यक्रम आयोजना गरेर मुलुककै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो । 

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुगेका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्था तथा उद्योग वाणिज्य सङ्घको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको जानकारी दिएका छन् । 

पोखराको पर्यटन क्षेत्रमा झण्डै ७ खर्ब लगानी भएको छ । 

पोखरामा ब्यापार व्यवसाय अब १ एक बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यसैगरी केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा खुला गर्न पाइने छ । 

गैराको चौतारादेखि चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लन चोकसम्म व्यापार व्यवसाय २४ सै घण्टा खुला राख्ने निर्णय भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved