पाँचतारे स्तरको अरिकल इभेन्ट्सः म्युजिक भिडियोको सुटिङदेखि बिबाहको प्याकेजसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 10:01:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै पहिलो पटक पाँचतारे स्तरको ब्याङ्केट काठमाडाँैमा सञ्चालनमा आएको छ । निकै लामो समयको तयारीपछि ‘अरिकल इभेन्ट’ नामक पाँचतारे स्तरको ब्याङ्केट सञ्चालनमा आएको हो ।

पाइला पाइलामा तस्बिर खिच्न सकिने गरी डेकुरेसन गरिएको अरिकल इभेन्टमा भगवान गौतम बुद्धको आकर्षक तस्बिर राखिएको छ । गीतका म्युजिक भिडियोहरु कैद गर्ने सम्मका लागि पर्याप्त सुविधा र स्थान रहेको उक्त ब्याङ्केटमा हालसम्म दर्जन बढी गीतको भिडियो छायांकन भईसकेको छ । बिबाह, ब्रतबन्ध जस्ता पार्टीहरुसहित ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल इभेन्ट उपर्युक्त गन्तव्य बन्न थालेको छ । 

Image may contain: indoor

स्तरीय निर्माण सामाग्रीहरु बिदेशबाट झिकाएर तयार पारिएको अत्याधुनिक अरिकल इभेन्टमा ३ वटा भव्य हल छन् । एउटा बगैँचासहितको रुप टप रेस्टुरेन्ट छ । एकै पटक ५ हजार बढीले सेवा लिन सक्ने हलहरु भएकाले ठूला सेमिनार र पार्टीहरुका लागि अरिकल इभेन्ट रोजाईमा पर्न थालिसकेको छ । बिहाहका लागि चाहिने पुरोहितदेखि जग्गे सजावट, फुलको सजावट, कार्पेट, गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज उपलब्ध रहेको सञ्चालक होम बहादूर बुढाथोकी बताउँछन् । 

Image may contain: 7 people, people standing

अन्डरग्राउण्ड र साइड पार्किङमा एकै पटक हजार बढी सवारी साधन पार्किङ गर्न सकिने क्षमता छ ।

लकडाउनको अवधिमा लाखौंको संख्यामा खान नपाएकाहरुलाई खाना खुवाएको अरिकल इभेन्टको इन्ट्रान्सको लभिमा कफी सप र झकी झकाउका साथ डेकोरेसन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved