काठमाडौँ म्यारियट होटलको दोस्रो वार्षिकोत्सव सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 06:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा होटलका जेनरल म्यानेजर फाबियन मार्टिनेजले उत्तम सेवा प्रदान गर्ने क्रममा निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेको बताए । ‘यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ ।’ उनले भने ।

होटेलका सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग शिक्षित रहेको बताउदै मार्टिनेजले सरसफाइका मापदण्ड प्रति म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खाने बताए ।

म्यारियट होटलले महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आएको बताउदै मार्टिनेजले अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुदैँ आएको जानकारी दिए ।  

दुई वर्षको दौडमा होटेलले काठमाडौँका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंञ्जनहरु प्रस्तुत गर्दै आइरहेको छ । पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved