गुणस्तरहीन खाना खुवाउने काठमाडौँका १६ वटा ‘स्टार होटल’ कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 12:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा सञ्चालित स्टार होटलहरुले नै गुणस्तरहीन खाना बनाएर खुवाउने गरेको पाइएको छ । उपत्यकाभित्रैका तारे होटेलहरुले अखाद्य वस्तु प्रयोग गरी खाना बनाएर खुवाउने गरेको पाइएको हो । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार विभागले सुरु गरेको तारे होटेल केन्द्रित अनुगमनमा विभिन्न १६ वटा होटलहरुले गुणस्तरहीन खाना खुवाउने गरेको पाइएको हो । विभागका प्रवक्ता आनन्दराज पोखरेलले खाना र खाजा बनाउन प्रयोग हुने मसला, खाने तेल र अन्य वस्तुहरु म्याद नाघेको र गुणस्तरहीन पाइएको हो । 

विभागले तारे होटलहरुको यो कामलाई उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य भएको र ठगिसमेत भएको निष्कर्षसहित १६ वटा तारे होटेललाई ३–३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

होटेलहरुबाट म्याद नाघेको खाद्य वस्तु र कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ । विभागले होटेलको नाम भने सार्वजनिक गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved