काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 09:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ। भोली शुक्रबार राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु हुने जनाईएको छ।   

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो। 

काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलकाअनुसार जोर गते जोर, अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिब्र रुपले फैलिएपछि सरकारले दिएको अधिकार प्रयोग गरि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निर्णय गरेका हुन्।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved