दूधको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 08:49:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले किसानबाट खरीद गरिने दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६.०४ पैसा कायम गरेको हो। 

यसअघि किसानबाट खरिद गर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ पैसा थियो। सरकारले १३.१७ प्रतिशतले अर्थात् प्रतिलिटर ६.५२ रुपैयाँ मूल्य बढाएको हो। दूधको मूल्य फ्याट र एसएनएफका आधारमा गरिएको कृषि मन्त्रालयले जनाएको छ। हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ।  फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ। यो मूल्य सहकारीको कमिसनबाहेक हो।

यो किसानबाट खरीद गरिने दुधको मूल्य हो ।  उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले तय गर्ने छ।

यसअघि कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ र त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ मन्त्रालयलाई सिफारिस गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved