सत्ता गठबन्धनले तय गर्यो निर्वाचनमा तालमेलको मोडालिटी, महानगरको केन्द्रले नै गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 09:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रिय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर बैशाख ५ गते भित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । बैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  ।

गठबन्धन बैठकले महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने निर्णय पनि गरेको छ । सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँड गर्ने कामको संयोजन भने सम्बन्धित कमिटीको काँग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए । सिट बाँडफाँडको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ ।

सञ्चारमन्त्री कार्कीले भने, ‘पाँच दलीय गठबन्धनका बीच २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँड गर्दा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले गर्ने । नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेलगरी सिट बाँडफाँडको बैशाख ३ गते भित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी बैशाख ५ गते भित्र केन्द्रलाई पठाउने । महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिका वडा अध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २÷२ जना प्रतिनिधि रहने । प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ आफ्नो आवश्यक्ता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ । सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने । गठबन्धन भित्र सिट बाँडफाँडको आधारहरु निम्न अनुसार तय गरिएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने । २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार । २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभएतापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धन भित्र अन्य दललाई पनि सहभागी गराउने । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने । गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारहरुको अतिरिक्त वर्तमान गठबन्धनमा आवद्ध दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने । गठबन्धन भित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने । ’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved