बालकोट गएर ओलीलाई ट्युसन पढाउँछु - गगन थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 03:21:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटको बाल्दरीमा बसेर बर्बराएको आरोप लगाएका छन् । उनले ओलीलाई बालकोट पुगेरै ट्युसन पढाउने भन्दै कटाक्षसमेत गरे ।

मंगलवार ओलीले कांग्रेसको घोषणापत्रलाई 'पागलहरूको प्रलाप' भन्दै निकृष्ट शब्दले अपमान गरेका थिए ।

ओलीको टिप्पणीमा प्रतिटिप्पणी गर्दै महामन्त्री थापाले आज आयोजित एक पत्रकार सम्मेलनमा भने, ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । चोर्यो चोर्यो भनेका छन् । हामीले कसैको घोषणापत्र चोरेको छैन । बालकोट नै गएर भएपनि ट्युसन् पढाउनुपर्ने छ ।'

थापाले थपे - 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।'

उनले ओलीले झुट बोल्ने गरेको आरोपसमेत लगाए । 'ओली झुट बोल्नुहुन्छ,' उनले भने, 'तपाईं झुट बोल्दै हुनुहुन्छ भन्ने हो भने उहाँले सनक्क सन्केर पागल भन्नुहुन्छ । उहाँले शुशीला कार्कीलाई पागल भन्नुभयो । गोविन्द केसीलाई पागल भन्नुभयो ।'

थापाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले पढ्न नपाएको घोषणापत्र ओलीले रातभरि लगाएर पढेको भन्दै कटाक्षसमेत गरे ।

'म उहाँलाई एउटा एडभाइस दिन्छु,' थापाले भने, 'धेरै सनक्क सन्किदा शरीरलाई कहिलेकाहीं अप्ठेरो पर्न सक्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved