त्रिभुवन विमानस्थलबाट झन्डै एक क्विन्टल सुन समातियो, तीन व्यक्ति पक्राऊ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 10:32:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा बुधबार झन्डै एक क्विन्टल सुन समातिएको छ। सूचनाको आधारमा उक्त परिमाणको सुन राजश्व अनुसन्धान बिभागले बरामद गरेको हो। 

बरामद गरिएको सुनको परिणाम अहिलेसम्मकै ठुलो रहेको विभागको अनुमान छ। करिब ८० किलो माथि रहेको अनुमान गरीएपनि परिमाण यो भन्दा बढी हुन सक्ने विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। 

बरामद गरिएको सुन जोख्ने क्रम मै रहेकोले अहिले नै यकिन गरेर भन्न सकिने अवस्था नरहेपनि ८० किलोमाथि रहेको प्रारम्भिक अनुमान गरिएको ढुंगानाले बताए। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिणामको सुन बरामद गरेको हो। 

लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । 

कसरी, र कसले सुन ल्यायो भन्नेबारे अनुसन्धान जारी रहेको विभागले जनाएको छ । विभागले शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ । बिभागकाअनुसार अहिलेसम्म यो प्रकरणमा तीन व्यक्ति पक्राउ परेका छन्। 

यस अघि: 

- त्रिभुवन विमानस्थलबाट ठूलो परिणामको सुन समातियो, डिजी भन्छन् 'अपरेशन चल्दैछ'

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved