बार्दली रेष्टुरेन्टमा बालेनको डोजर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 08:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले बिजुलीबजार पुल छेउको बार्दली रेष्टुरेन्टले सरकारी जग्गा मिचेर बनाएको संरचनामा डोजर चलाएको छ । बिहीबार बिहान महानगरको नगर प्रहरीले बार्दली रेष्टुरेन्टले सडक मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।

महानगरले वडा नम्बर १० का जनप्रतिनिधि र नापीका प्रतिनिधिसहित यसअघि अनाधिकृत संरचना बनाएर मिचिएको जग्गाको रेखांकन गरेको थियो । वडा नम्बर १० को सिट नम्बर १०२–११४६–०६ को ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा छुट्याइएको थियो । 

महानगरले बार्दली रेष्टुरेन्टलाई उसले जग्गा मिचेर बनाएका संरचना आफैँ भत्काउन भनेकोमा अटेर गरेपछि महानगरपालिकाले डोजर चलाएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved