उद्योगको लाइन काटेर भए पनि महशुल उठाउन प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 05:49:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगहरुको लाइन काट्न निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काट्न उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई निर्देशन दिएका हुन् । 

‘विद्युत्को बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘यसमा कसैसँग सम्झौता नगर्नुस्, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौँ ।’

उनले ठूला उद्योगबाट लाइन काट्न सुरु गरेर सबै बक्यौता उठाउनेतर्फ अघि बढ्न निर्देशन दिएका हुन् ।

छलफलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता असुलीमा प्राधिकरण लागिरहेको बताएका छन् । 

डेडिकेटेड र ट्रंक लाइनको विवाद पेचिलो बनिरहेको छ । यसअघि पनि प्राधिकरणले पटकपटक लाइन काट्ने चेतावनी दिँदै बिल पठाउने र सूचना निकाल्ने गर्दै आएको छ । तर, उद्योगीहरुले टीओडी मिटरमा आफूहरुले विद्युत खपत गरेको नदेखाएसम्म महशुल नतिर्ने अडान राख्दै आएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved