प्रभु क्यापिटलका हितग्राहीलाई रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 04:30:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीच आइतबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

तीन बर्षका लागि भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स को तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले  हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले  दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोकास्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा  विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने जनाइएको छ ।

यो अफर प्राप्त गर्न प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved