'गोल्ड मेडलिस्ट' उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर, १ वर्ष जेल सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 07:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।  १७ साउन २०७९ मा अख्तियारको टोलीले उनलाई घुस लिंदा लिदै पक्राउ गरेको थियो । अख्तियारले नै उनी विरुद्द भ्रष्ट्राचार मुद्दा हालेको थियो । 

उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दाका ‘गोल्ड मेडलिस्ट’ हुन् । सरकारी सेवामा प्रवेश गरेपछि पनि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पाएका थिए । बेलायतमा अध्ययन सकेर उनी नेपाल फर्किएको ८ महिना पछि घुस सहित समातिएका थिए । 

छात्रवृत्तिमा विदेशमा पढेर फर्किएपछि पाल्पाका उनी पर्यटन मन्त्रालयमा काम गर्न थालेका थिए । तर, ८ महिनामै साढे २२ लाख घुससहित अख्तियारको फन्दामा परेका थिए । पर्यटन व्यवसाय (प्याराग्लाइडिङ) को अनुमतिका लागि उपसचिव नेपालले घुस लिएका थिए । उनी चढ्ने गाडीमा खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ भेटिएको थियो ।

यस अघिका समाचार :

‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव

घुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणः खैरो डायरीमा भ्रष्टाचारको दररेट, थप ३ कर्मचारी पनि डामिए

‘गोल्ड मेडलिस्ट’ उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved