वालिङ महोत्सव सम्पन्न, १५ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 07:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

यही माघ १८ गतेदेखि २८ गतेसम्म संचालन भएको वालिङ महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला भित्र र बाहिरका गरि करिब १ लाख ८० हजार दर्शकले महोत्सव अवलोकन गरेको वालिङ उद्योग वाणिज्य संघले जनाएको छ।

महोत्सवमा यसपटक  १५ करोड भन्दा बढीको आर्थिक कारोबार भएको आर्थिक तथा लेखा व्यवस्थापन संयोजक खगुपती न्यौपानेले बिजपाटीलाई बताए। महोत्सवका आर्थिक तथा लेखा व्यवस्थापन संयोजक न्यौपानेले आगामी एक हप्ता भित्रै सम्पूर्ण हिसाबकिताब सार्वजनिक गरिने बताएका छन्।

महोत्सवमा १० करोड आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको थियो। अनावश्यक खर्च कटौती गरिएकाले महोत्सवबाट ५०-५५ लाख रूपैयाँ सम्म बचत हुने आर्थिक तथा लेखा व्यवस्थापन संयोजक न्यौपानेले जानकारी दिएका छन्। १८ हजारदेखी ६० हजारसम्मका करिब ४ सय स्टल रहेको महोत्सवमा करिब ४५ वटा स्टल स्थानीय मौलिक तथा कृषि उत्पादनको प्रवर्धन गर्न  निशुल्क उपलव्ध गराइएको स्टल बुकिङ संयोजक केशब पराजुलीले बिजपाटीलाई बताए।

औद्योगिक व्यापार मेलाका साथसाथै महोत्सवको आकर्षणको रूपमा आधुनिक कृषि औजार प्रदर्शनी, विद्यार्थी आविष्कार प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी ,अदुवा तथा जडिबुटी प्रदर्शनी,  स्याङ्जा डान्स आइडल सिजन ३, भजन प्रतियोगिता ,रत्यौली प्रतियोगिता, सांस्कृतिक  एवं मनोरञ्जनात्मक प्रतियोगिताहरू रहेका थिए।

" हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान" भन्ने मूल नाराका साथ  २०६३ सालदेखी महोत्सव आयोजना गरिदै आएको छ ।  वालिङ उद्योग वाणिज्य संघले नाफाको ५ प्रतिशत खेलमैदानको संरक्षण र विकासका लागि खर्च गर्ने जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved