बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगिता सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 09:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरुलाई पुरस्कार प्रदान गरेको छ ।

प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसैगरी सरस्वती माविकी अदिती तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियमशा कार्की तृतीय भएका छन् ।त्यसैगरी आर्याभा निरौला, महादेव पाण्डेय र दृस्टि सत्यालले सात्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनुलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्रसहित एक हजार रुपैयाँ प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाभित्रका ४४ जना विद्यार्थी सहभागी थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved