पर्यटन बोर्डका कर्मचारीले भने, ‘धनञ्जय रेग्मी इतिहासकै निकम्मा र अनुभवहीन सीईओ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 04:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले संस्थाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले कर्मचारीको मनमर्दन गर्ने गरि अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । पर्यटन बोर्ड कर्मचारी संगठनले रेग्मीलाई इतिहासकै निकम्म र अनुभवहीन सीईओको संज्ञा दिएको छ ।

रेग्मीले एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पर्यटन बोर्डका कर्मचारी ‘भाइरस छ्न्’ भनेका थिए । यस विषयलाई लिएर बोर्ड कर्मचारी संगठनले आपत्ति जनाएको हो । संगठनले प्रेस विज्ञप्ति जारी गरेर रेग्मीकै कारण अहिले पर्यटन बोर्ड ध्वस्त बनेको आरोप लगाएका छन् ।

‘बोर्डको इतिहासमा नै सबैभन्दा विवादित र अनुभवहीन छवि बनाएका रेग्मीले २०७८ कात्तिक २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नियमविपरीत ६ बोतल रक्सी ल्याउन रोकेपछि ड्युटीमा खटिएका कर्मचारीमाथि दुर्व्यवहार गरेको कारण भन्सार ऐन, २०६४ को दफा ५८ बमोजिम सजाय समेत पाएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘यसअघि पनि रेग्मी २०७४ पुस ७ मा भन्सार ऐन, २०६४ को दफा ५७ ९१ क० बमोजिमको सुन पैठारी कसुरमा सजाय पाएका व्यक्ति हुन् ।’

कर्मचारी संगठनले रेग्मीले पर्यटन प्रवर्द्धन तथा व्यवस्थापनका काम शून्यमा झारेर बोर्डलाई नै थला पारेको जनाएको छ । संगठनले वरिष्ठ र अनुभवी कर्मचारीलाई हटाइ बोर्डलाई बेकामे बनाएको आरोपसमेत लगाएको छ ।

‘यही कारण हाल बोर्डका सबै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम ठप्प भएको स्पष्ट छ । रेग्मीकै निकम्मापन र मनपरी काम गर्ने शैलीका कारण नेपालको पर्यटनले ठूलो घाटा बेहोरिरहेको छ,’ संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उनको सबै ध्यान गैरकानुनी ढंगले बोर्डको रकम खर्च गरी आफ्नो निजी व्यवसाय प्रवर्द्धन र विस्तार गर्न कर्मचारीलाई दबाब दिने, नगरे कारबाही गर्ने र बढुवा हुन नदिने जस्ता गतिविधिमा केन्द्रित थियो ।’

४ वर्षका लागि सीईओमा नियुक्त भएका रेग्मी अहिले कार्यकाल सकेर बाहिरिसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved