आयल निगमको कार्यकारी निर्देशक नियुक्तिको लागि ३ जनाको नाम सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 01:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस समितिले गोरखाका डा. चण्डिका प्रसाद भट्ट, भरतपुरमा डा. डोलप्रसाद चापागाई र ललितपुरका शत्रुध्न प्रसाद पुडासैनीको नाम सिफारिस गरेको छ । अब यी मध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई निगमको कार्यकारी निर्देशक चयन गर्ने छ ।

सिफारिसमा परेका मध्ये चण्डिका प्रसाद भट्ट हाल उद्योग मन्त्रालयमातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक छन्। उनी कार्यकारी निर्देशक नियुक्त हुने सम्भवना अधिक रहेको स्रोतको दाबी छ 

आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले आवेदन दिएका थिए ।  कार्यकारी निर्देशकको लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, चितवनका डा. डोलप्रसाद चापागाई, टोखाका सहदेव चन्द, मोरंगका पंकजकुमार दास, धनुषाका रामदेव यादव, तथा सप्तरीका संजिवकुमार देव रहेका छन् । त्यस्तै काठमाडौँका दिलिप शेखर श्रेष्ठ, मोरङका माधव रेग्मी, गोरखाका चण्डिका प्रसाद भट्ट, दाङका बसन्त कुमार पाण्डे, बाग्लुंगका डोलिन्द्र प्रसाद शर्मा, ललितपुरका शत्रुध्न प्रसादपुडासैनी र मोरङका आमोद प्रसाद चौधरीले आवेदन दिएका थिए।

आयल निगममा ०७५ यता खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २६ गते मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त छ । २०७८ फागुन २६ गते ३ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थानीले कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved