मिटरब्याज पीडितद्वारा भृकुटीमण्डपमा धर्ना, अझै टुङ्गो लागेन आजको रात काट्ने ठाउँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 06:57:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मिटरब्याजका कारण पीडित बनेकाहरुको समुहले शुक्रबार काठमाडौँमा धर्ना दिएको छ । सिंहदरबार घेर्ने योजना सहित शुक्रबार बिहान ८ बजे थानकोट स्थित त्रिभुवन पार्कबाट पैदलमार्च गर्दै कलंकी, कालिमाटी, त्रिपुरेश्वर हुँदै आएका थिए ।  सिंहदरबार तर्फ जान प्रहरीले अवरोध गरेपछि उनीहरुले भृकुटीमण्डप क्षेत्रमा धर्ना दिएका हुन्  ।

हाल उनीहरु भृकुटीमण्डपमा नै छन्। आजको रात काट्नको लागि स्थान भेटिएपछि उनीहरुले शनिवारको कार्यक्रम तय गर्ने भएका छन्   । मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले आज शुक्रबार कहाँ बस्ने भन्ने अहिलेसम्म टुंगो नभएको बताए । उनले भने 'अहिलेसम्म आज कहाँ बस्ने भन्ने टुंगो लागेको छैन, आज बस्नको लागि स्थान टुंगो लागेपछि भोलीको लागि कार्यक्रम तय गर्छौ' ।

 मिटरब्याज पीडितहरुको ठूलो समूह बुधबार बेलुका काठमाण्डौ आइपुगेको हो।  'न्यायको लागि मार्च' भन्दै  काकडभित्ता र गड्डाचौकी नाकाबाट १६ माघमा सुरु भएको मिटरब्याज पीडितको यो मार्च २३ दिनको दिन काठमाण्डौ आइपुगेको हो। 

  माग सम्बोधन नभएसम्म पीडितहरु घर नफर्कने  प्रवक्ता निर्ग नवीनले बताए। सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै ३० हजार पीडितको समस्या नसुल्झिँदा आफूहरू न्यायका लागि यात्रा गरिरहेको मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । न्याय खोज्न हिँडेका पीडितहरू तराईका २० र भित्री मधेशका आठ गरी २८ जिल्लाका छन् । मिटरब्याजी साहुकार र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनले बताए। 

मिटरब्याजपीडितहरू सार्वजनिक स्थलमा वास बस्ने, खाना पकाएर खाने गर्दै निकै सकसपूर्ण रूपमा काठमान्डौ आइपुगेका हुन्।  राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्वमा दुई टोली १६ माघमा हिँडेका थिए । 

मिटरब्याज लिँदा साहुले अधिकांश पीडितको घरजग्गा दृष्टिबन्धक राखेर कब्जा गरेको पीडितको गुनासो छ । मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिले माग राखेको छ । त्यस्तै, मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग समितिको छ । 

यसअघि १५ दिनमा काठमाडौं पुगेर निर्णायक आन्दोलन गर्ने भनिए पनि सरकारले आयोग बनाएर त्यसलाई कम्जोर बनाइदिएको भन्दै अन्तिम लडाई भन्दै मिटरब्याज पिडित काठमान्डौ आइपुगेका हुन्। त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै मात्र प्रतिवेदन बुझाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved