माघ महिनामा खाद्यान्नको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 03:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा खाद्य ताथा पेय पदार्थको मूल्य वृद्धि भएको छ । समग्रह मूल्य वृद्धि घटेपनि खाद्यन्नको भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

गत आवको सोहि अवधिमा खाद्यन्नको मुद्रास्फीति ६.१९ प्रतिशत रहेको थियो । तर, चालु आवको माघ महिनामा यस्तो मुद्रास्फिती बढेर ६.५१ प्रतिशत कायम भएको छ । 

समग्र मुद्रास्फीति भने घटेको छ । गत आवको सोहि अवधिमा ७.८८ प्रतिशत रहेको मूल्यवृद्धि चालु आवको माघ महिनामा घटेर ५.०१ प्रतिशतमा झरेको छ । 

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved