प्रहरीले माग्यो ४४३ जना असई र २४ सय जवान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 08:55:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।

२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरिको जनाएको छ ।

उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसैमा ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरिएको हो । 

गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।

यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved