सफ्टवेरिका कलेजमा 'नेपाल आईओटी च्यालेन्ज' , विद्याथीले बनाए ड्रोन, गाडी र रोबोट (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2021 | 10:35:00 AM मा प्रकाशित

laxmi  sunrise bank
सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा 'नेपाल आईओटी च्यालेन्ज' आयोजना गरेको छ । कलेजले १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् । नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा भईरहेको छ 

कलेज प्रमुख प्रमोद पौडेलका अनुसार विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए । पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

 मङ्सिर १६ गतेदेखि सुरु भएको ३ दिने प्रदर्शनी मङ्सिर १८ गतेसम्म चल्ने छ । 

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved