लास भेगासको एक कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार, २ जनाको मृत्यु (भिडियो )

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2017 | 10:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको लास भेगासमा बन्दुकधारीहरु वा बन्दुकधारीबाट अन्धाधुन्ध गोली चल्दा कयौं घाइते भएका छन। लास भेगासमा जारि संगीत उत्सबमा केहि वा एक बन्दुकधारीबाट गोलि चल्दा ठुलो संख्यामा 'घाइते' भएको एनबिसीले जनाएको छ। 

बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरी संगीत उत्सबमा सहभागी ठुलो भिडमा अन्धाधुन्ध गोलि चलाएको त्यहाँका प्रत्यक्षदर्शीले बताएको एनबिसीले जनाएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ। यद्दपी कतिको संख्यामा घाइते भएका छन त्यसको यकिन तथ्यांक आई नसकेको एनबिसीले जनाएको छ । 

इन्डीपेन्डेन्ट डटकमका अनुसार उक्त घटनामा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन। प्रहरीले संगीत उत्सब चलिरहेको स्थान नजिकैको मण्डले बे क्यसिनो नजिक जानबाट मानिसहरुलाई रोक लागेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved